News Category 2072/12/10

एउटा चोरिएको मोटरसाइकलसँगै अर्को पनि फेला प¥यो

दैनिक समाचारदाता

दैनिक संवाददाता राजविराज, ९ चैत । सप्तरी प्रहरीले सोमबार साँझ राजविराजस्थित ग्रीन मधेश दैनिक पत्रिकाको कार्यालय अगाडिबाटै चोरिएको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल सँगै प्रहरीले चोरिएको अर्को मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ पर्नेमा सारस्वर गाविस ५ बस्ने १७ बर्षीय दीपक यादव रहेका छन् । इटहरी बिष्णुपुरस्थिथत गोरगामामा कोठा लिएर बस्दै आएका यादवले आफैंले मोटरसाइकल त्यहाँबाट लगेर लुकाएको स्वीकार गरेको प्रहरीले जनाएको छ । सोमबार राति ९ बजे पत्रिकाको कार्यालय अगाडिबाटै पत्रकार संजीबबिक्रम साहको स.४प ७५२२ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीको टोलीले चोरिएको मोटरसाइकलसहित चोर्ने युवकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले यादव पक्राउ लगत्तै उनकै सुराकीको आधारमा मंगलबार स.३प २१४७ नम्बरको मोटरसाइकल पनि लालापट्टी गाविसबाट बरामद भएको छ । यो मोटरसाइकल केहि दिन अगाडि राजविराज ६ बाट चोरी भएको थियो । तर, चोरि भएको मोटरसाइकल नं. स३प ७९४९ रहेको छ । चोर्नेहरुले मोटरसाइकल नम्बर परिवर्तन गरेका छन् । भेटिएको मोटरसाइकल राजविराज ५ का रबिन्द्र भट्टको हो । कार्कीले पक्राउ परेका यादव मोटरसाइकल चोरी गर्ने गिरोहको सकृय सदस्य रहेको र मूल नाइकेको पनि खोजी भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट