News Category 2072/12/12

राजविराज कारागारका एक कैदीको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 
राजविराज कारागार रहेका एक जना कैदीको बिहिबार मृत्यु भएको छ । 
आगो लगाई ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भोगिरहेका भारतको मधेपुरा जिल्ला प्रमाणपुर बस्ने बर्ष ४६ का मो. इलियास मिँयाको उपचारका क्रममा मिति राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा मृत्यु भएको हो । 
कारागारमा २०६९ साल जेठ ७ गतेदेखि रहेका कैदी मियाँलाई पहिलेदेखि नै प्रेसर र हर्नियाका विरामी रहेको अवस्थामा अचानक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट