News Category 2072/12/15

छुट्टाछुट्टै आगलागीमा करिब ७५ लाखको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता 
राजविराज, १४ चैत । 
सप्तरीको दुई छुट्टाछुट्टै गाविसमा भएको आगलागीमा करिब ७५ लाखको क्षति भएको छ ।
सप्तरीको बनौली गाविसमा आगलागी हुँदा पाँच परिवार घर जलेर लाखौको धनमाल क्षति भएको हो । 
बनौली गाविस वडा न. १ निवासी जोखन चौधरीको घरमा बालिएको टुकिबाट आगलागी हुँदा चौधरी सहित छिमेकीहरु राम कुमार चौधरी, विजय कुमार चौधरी, रबि लाल चौधरी र शोभानन्द चौधरी सहितको एक दर्जन घर तथा घरमा रहेका नगद, गरगहना, लत्ताकपडा, भाडाकुडाँ सहित जलेर नष्ट हुँदा करिब २५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
आगलागी स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी सप्तरीकै मधुपट्टी गाविस–५ मा आगलागी हुँदा रु ५० लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय प्रमानन्द चौधरीको गुहाली घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट अचानक सल्केको आगोले निजका तीनवटा घर र छिमेकी जग्नु चौधरी, सोना चौधरी तथा रोशन चौधरीको एक÷एक गरी छ घर जलेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सी गरि रु ५० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
आगलागी भएको ठाउँमा बाटो घाटोको राम्रो सुविधा नभएकाले ठूलो क्षति भएको प्रहरीले जनाएको छ । 
यता आगलागी स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट