News Category 2070/05/14

कृष्णाष्टमी पर्वमा रथ यात्रा

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १३ भदौ । 
हिन्दुहरुको महान पर्व ‘श्रीकृष्ण जन्माष्टमी’को अवसरमा बिहीवार राजविराजमा रथ यात्रा निकालिएको छ । 
श्री कृष्ण रथ यात्रा समिति राजविराज ५ को आयोजनामा राजविराजस्थित हनुमान मन्दिरदेखि कृष्ण मन्दिरसम्म रथ यात्रा निकालिएको हो । 
रथ यात्रामा यादव सेवा समिति र ब्रहमाकुमारी राजयोग सेवा समिति लगायतका संस्थाहरुको समेत सहभागिता रहेको थियो । 
रथयात्रामा श्रीकृष्णको विभिन्न रूप दर्शाइएको सचित्र झुला र चैतन्य झाँकी प्रस्तुत गरिएको थियो । 
त्यस्तै, ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वको उपलक्ष्यमा भगवान् श्री कृष्णको पूजा–आराधना गर्न हिन्दु धर्मावलम्बीको बिहानदेखि स्थानीय गीतामन्दिरमा घुइँचो लागेको थियो । कृष्णजन्माष्टमी पर्वको अवसरमा राजविराजस्थित कृष्णमन्दीर लगायतका प्रसिद्ध मन्दिरहरुमा भक्तजनहरुको ठुलो घुईचो लागेको थियो ।                

प्रतिकृया दिनुहोस

ताजा अपडेट