News Category 2072/12/15

मारुतीको ठक्करबाट भारतको दुधेला निवासी बालकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता 
राजविराज, १४ चैत । 
सप्तरीको राजविराज सखडा सडक खण्डमा आईतबार साँझ भएको सवारी दुर्घटनामा एक भारतीय बालकको मृत्यु भएको छ ।
सखडाबाट राजविराजतर्फ आउँदै गरेको अवस्थामा बा.१३ च २०४६ नम्बरको मारुती जिपको ठक्करबाट भारतको दुधेला निवासी अन्दाजी १२ वर्षिय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मारुती जिपको ठक्करबाट साईकलमा गईरहेका बालक घाईते भएको तथा घाईते बालकको तत्काल स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी राजविराज सखडा सडक खण्ड अन्तर्गत कोचाबखारी गाविसस्थित पुल नजिक अनियन्त्रित भई बि आर ३२ ए ०२२६ नम्बरको स्कारपिओ दुर्घटना भएको छ । सो दुर्घटनामा परी स्कारपिओको सिसा फुटेर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट