News Category 2072/12/16

लक्षचण्डी महायज्ञको अवसरमा शोभायात्रा निकालियो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ चैत । 
देशमा दिर्घ शान्ति, दैवीप्रकोप, अतिवृष्टि, सामाजिक सद्भाव, देश तथा विश्व कल्याणार्थ विश्वमै पाँचौ तथा नेपालमै पहिलो पटक छिन्नमस्ता शक्तिपीठमा लक्षचण्डी महायज्ञको अवसरमा सोमबार शोभायात्रा निकालिएको छ ।
लक्षचण्डी रुद्र महायज्ञको कार्यक्रम अन्तर्गत सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी शक्तिपीठद्वारा सोमवार शोभायात्रा निकालिएको हो । 
छिन्नमस्ता शक्तिपीठबाट निकालिएको शोभायात्रा सदरमुकाम राजविराज हुँदै रुपनी, शम्भुनाथ, वीरेन्द्रबजार, महुली, कञ्चनपुर, बरमझिया, भारदह, हनुमाननगर, मन्सापुर, राजविराज हुँदै शक्तिपीठमै पुगी टुङ्गिएको छ । शोभायात्रामा नेपाल तथा भारतका हज्जारौं श्रद्धालुभक्तजनको सहभागिता रहेको थियो ।
सो शोभायात्रामा भारतको सिमावर्ती बजार तथा जिल्लाका विभिन्न स्थानहरुबाट सवारी साधनसहित भक्तजनहरुले सहभागिता रहेको थियो । 
शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरका अनुसार ध्वजारोहण एवम् भूमी पूजन कार्यक्रम आगामी चैत्र २६ गते हुने भएको छ । उक्त कार्यक्रममा नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने पीठाधीश ठाकुरले बताउनुभयो ।
२०७३ को नवरात्राको पहिलो दिनदेखि सञ्चालन गरिने उक्त महायज्ञमा २ सय फिट लामो र २ सय फिट चौडाई भएको यज्ञ मण्डप निर्माण गरिने छ । एकसाथ ३ हजार ५ सय पंडितद्वारा हुने लक्षचण्डी महायज्ञमा कुल २१ करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट