News Category 2072/12/17

पत्रकार महासंघको स्थापना दिवसमा कार्यक्रम नहुनु दुःखद

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज, १६ चैत । 
नेपाल पत्रकार महासंघ ६१ औ बर्षमा प्रवेश गरेको सुखद अवसरमा मंगलबार सप्तरी शाखाले कुनै पनि कार्यक्रम नगरेको प्रति राष्ट्रिय मिडिया पत्रकार संजालले दुःख व्यक्त गरेको छ ।  संजालका संयोजक जितेन्द्र खड्गाद्वारा जारि विज्ञप्तिमा श्रमजिवी पत्रकारहरुका लागि स्थापना दिवस एउटा उत्सवको दिनमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाले कुनै कार्यक्रम नगर्नु दुःखको विषय भएको जनाइएको छ । असक्षम नेतृत्वका कारण नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पर्व नमनाएकोमा कार्य समितिप्रति खेद ब्यक्त गरिएको छ । 
आफ्नै संस्थाको जन्मदिनलाई सम्झिन नसक्ने कार्यसमितिका नेतृत्वबाट जिल्लामा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत संरक्षण र सम्बद्र्धन हुनेमा पुनः एक पटक गम्भिर आशांका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । 
साथै विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सप्तरी शाखा आवद्ध सम्पुर्ण संचारकर्मी, सुभेक्षु तथा पाठक वर्गमा महासंघको ६१ औ स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट