News Category 2070/05/14

अपहरणकारीको कब्जाबाट मन्सुरी उम्कन सफल

दैनिक समाचारदाता


दैनिक संवाददाता
भारदह (सप्तरी), १३ भदौ । 
अज्ञात समुहद्वारा अपहरित सुनसरीको मधुवन गाविस–९ निवासी मो. मन्जुर मन्सुरी बिहीवार साँझ अपहरणकारीको कब्जाबाट उम्किन सफल भएको छ ।
सप्तरीको भारदहस्थित कोशी ब्यारेज छेउमा रहेको केरा बगानबाट अपहरणकारीको कब्जाबाट उम्किएर प्रहरीको सम्पर्कमा आएको जनाएको छ ।
मधुवनस्थित एक पसलमा नास्ता खाईरहेका बेला बिहीवार बिहान मोटरसाईकलमा चढेर आएका अपरिचित व्यक्तिहरुले ४४ बर्षीय मन्सुरीलाई अपहरण गरी भारदहस्थित केरा बगाउन पु¥याएको र साँझको समयमा अपहरणकारी थाकेकाले लुकेर भाग्न सफल भएको मन्सुरीको भनाई उद्धत गर्दै प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट