News Category 2072/12/19

सप्तरीबाट दुई निरीक्षक निष्काशित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 
बिहीबारदेखी सुरु भएको एसएलसी परिक्षाको पहिलो दिन सप्तरीबाट दुई निरीक्षक निष्काशित भएका छन् । 
अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको शम्भुनाथ नगरपालिकास्थित रामदयाल उमावि कचन्दाहा परीक्षा केन्द्रबाट निरिक्षक रामबाबु यादव र रोहित साहलाई निष्काशन गरिएके हो । 
जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सुरेश सिंहले परीक्षा भइरहेको समयमा अमर्यादित क्रियाकलाप गरेका यादव र साहलाई निष्कासन गरिएको जानकारी दिनुभयो ।
यता पहिलो बिषयको परिक्षाका दिन सप्तरीका कुल परीक्षार्थी मध्ये चार सय ३५ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ १ सय ३० जना छात्र, १ सय ९१ ज्ना छात्रा र एक्जेम्पटेडतर्फ ५२ जना छात्र  ६२ जना छात्रा अनुपस्थित रहेको अधिकृत सिंहले जानकारी दिनुभयो । 
यस वर्ष नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागि भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । 
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट