News Category 2072/12/20

निगमले प्रति ट्याङकर २५० देखि ३०० लिटरसम्म पेट्रोल कम दिन्छ ः सगरमाथा पेट्रोलियम डिलर्स

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशनले नेपाल आयल निगमले कम परिमाणको पेट्रोलियम पदार्थ दिने गरेको आरोप लगाएका छन । 
एशोसिएशनका महासचिव बलराम दासद्वारा शुक्रबार जारी विज्ञप्तीमा चैत्र १३ गते कार्य समिति लगायत साधारण सदस्यहरुको बृहत भेलाबाट डिलरहरुले निगमबाट पेट्रोलिय पदार्थ खरिद गर्दा प्रति ट्याङकर २५० देखि ३०० लिटर सम्म घटी हुने गरेको जनाइएको छ । 
कम परिणाममा पेट्रोल पठाएका कारणले पेट्रोलियम पदार्थको खरिद गरी कारोवार गर्न नसक्ने अवस्थामा पुगेको र उचित परिमाण डिलरले पाउने व्यवस्थाका लागि परिनुपर्ने कार्यहरु क्यालिब्रेशन, टप अफ तथा बजनबाट गर्न निगम सधै उदासिनता रहेको हुँदा डिलरले पाउने परिणाम पुरा पाउने व्यवस्था नभएमा घटि परिमाण लागतमा जोडि विक्रि गर्न बाध्य हुने जनाइएको छ । 
सौ विज्ञप्तिमा उक्त घटी परिमाण कार्यान्वयन १५ दिन भित्र नभएको खण्डमा बन्द गरी आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट