News Category 2072/12/20

एसएलसीको दोश्रो दिन तीन निरीक्षक निष्काशित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
प्रवेशिका एसएलसी परीक्षाको दोश्रो दिन शुक्रबार सप्तरीको दुई परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई निष्काशित गरिएको छ ।
अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको टिकुलिया परीक्षा केन्द्रबाट निरिक्षक शिव दर्शन पासवान र कल्याणपुर परीक्षा केन्द्रबाट श्याम प्रसाद चौधरी र शिव कुमारी चौधरीलाई निष्काशन गरिएको हो । 
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राईको परीक्षा अनुगमन टोलीले परीक्षा भइरहेको समयमा अमर्यादित क्रियाकलाप गरेका यादव र साहलाई निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखाका प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
यता दोश्रो दिन नेपाली बिषयको परिक्षाका कुल परीक्षार्थी मध्ये चार सय २७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ १ सय ३० जना छात्र, १ सय ९१ ज्ना छात्रा र एक्जेम्पटेडतर्फ ५२ जना छात्र  ६२ जना छात्रा अनुपस्थित रहेको चौधरीले जानकारी दिनुभयो । 
यस वर्ष नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागि भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट