News Category 2070/02/28

भ्रमणलाई पञ्चायती कदमको संज्ञा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ जेठ ।
सप्तरीका राजनीतिक दलका नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणलाई जनता गुमराह बनाउने पञ्चायती कदमको संज्ञा दिएका छन् ।
 करिब डेढ दर्जन राजनीतिक दलका जिल्लास्तरीय नेताले सोमबार संयुक्त बिज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले बिभिन्न शक्तिपीठ तथा मठमन्दिरमा दर्शनको बहानामा आफ्नो राजनीतिक भ्रमण गरेको ठहर समेत गरेका छन् ।
 एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, मधेशी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, नेपाल लोकतान्त्रिक समाजवादी दल, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, समाजवादी जनता पार्टी, नेकपा एकीकृत, संघीय सद्भावना पार्टी, नेकपा माले समाजवादी, नेमकिपा, राप्रपाका जिल्ला नेताहरुले जारी गरेको बिज्ञप्तीमा पूर्व राजाको प्रचार प्रसार गर्ने क्रममा ‘श्री ५ महाराजाधिराज सरकारको जय जय जय होस र २०४७ सालको संबिधान पुर्नस्थापना अभियान’ लेखिएकोप्रति भत्र्सना समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट