News Category 2072/12/22

तमलोपा अध्यक्ष ठाकुरबाट सहादत प्राप्त गरेका परिवारजन सम्मानित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ चैत । 
जारि मधेश आन्दोलनमा सहादत प्राप्त गरेका परिवारजनसँग आइतबार तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेटघाट गर्दै सम्मानित गर्नुभएको छ ।
आन्दोलनकै क्रममा सप्तरीको भारदहमा प्रहरीको गोली लागि मृत्यु भएका जिल्लाको डाढा गाविसका बिरेन्द्र राम, रुपनीमा प्रहरीको गोली लागि मृत्यु भएका जिल्लाकै जमुनी मधेपुरा गाविस छपकी टोलका नागेश्वर यादव र राजविराज ३ स्थित घरको छतमाथी बसिरहेको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका दिलिप साहको परिवारजनलाई उहाँले भेटघाट गरि सम्मानित गर्नुभएको हो । 
अध्यक्ष ठाकुरले तीन जना सहादत प्राप्त गरेका परिवारजनलाई दोसल्ला ओढाएर सम्मानित गर्नुभएको पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुरले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट