News Category 2070/05/15

सर्वपक्षिय संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम स्थगित

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १४ भदौं । 
करिब डेढ महिनादेखि बेपत्ता बरिष्ठ अहेब छेदीलाल साहलाई लुटेरा समुहले हत्या गरेको ताप्लेजुङ्गको स्थानिय प्रशासनले पुष्टी गरेपछि सर्वपक्षिय संघर्ष समितिले सप्तरीमा गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
सप्तरीको खोक्सर प्रवाहा गाविस निवासी बरिष्ठ अहेबको रुपमा ताप्लेजुङ्गको महाश्रीङ इलाका स्वास्थ्य चौकीमा कार्यरत साह ताप्लेजुङ्ग सदरमुकाम फुङ्लिङ्गबाट गोष्ठी सकेर कार्यक्षेत्र फर्किने क्रममा गत असार २४ गतेदेखि बाटोबाटै बेपत्ता भएका थिए ।
बरिष्ठ अहेब साहको खोजतलाशको माग गर्दै स्थानिय राजनीतिक दल र स्थानियबासीहरु पुर्वपश्चिम राजमार्गमा चक्काजाम लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।  
सप्तरीका पेशागत संघसंगठनका प्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी तथा संघसंस्थाका प्रतिनिधीहरुका आज जिविस सप्तरीमा भएको सर्वपक्षिय बैठकमा ताप्लेजुङ्गको स्थानिय प्रशासनको तर्फबाट बरिष्ठ अहेब छेदीलाल साहलाई गत असार २४ गते नै लुटेरा समुहले साथमा रहेको नगद लुटेर हत्या गरी नदीमा फ्याकेको र त्यसमा संलग्न लुटराहरुलाई पक्राउ गरेको जानकारी प्राप्त भएपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको हो । 
बैठकले घट्नाको अनुसन्धान गरी भदौ १८ गतेसम्म पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ्गको स्थानिय प्रशासनलाई सम्पुर्ण ब्योहोरा सार्वजनिक गर्न माग गर्दै सो अबधीसम्म आन्दोलनका कार्यक्रम नगर्ने निर्णय गरेको जनाएको छ । 
यस्तै बैठकले संघर्ष समितको आन्दोलनका क्रममा प्रहरीले दमन गरेको भन्दै आवश्यक छानबिन गरी दोषी प्रहरमिाथि कार्वाही गर्न माग गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट