News Category 2072/12/27

छिन्नमस्तामा भुमिपुजन तथा गाजारोहण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 
मुलुकमै पहिलो पटक सप्तरीको छिन्नमस्ता गाविसस्थित छिन्नमस्ता सखडेश्वरी मन्दिरको प्राङ्गणमा हुन लागेको महायज्ञको अवसरमा शुक्रबार भुमिपुजन तथा गाजा रोहण कार्यक्रम गरिएको छ । 
छिन्नमस्ता, लालापटी, कोचाबखारी सहित विभिन्न गाविसका हजारौको सहभागितामा भुमिपुजन भन्दा पहिला निकालिएको पैदल यात्रा सखडाको परिक्रमा गर्दै भुमिपुजन तथा गाजा रोहण कार्यक्रममा परिणत भएको थियो । 
मन्दिरमा पिठाधिश महाकान्त ठाकुरको अध्यक्षता तथा सिंचाई मन्त्री उमेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा कान्तिपुर एफएमका जर्नाधर घिमिरे, समाजसेवि बासुदेव शास्त्री, सप्तरीका प्रमुख जिल्ला अधिकारी, अंचल प्रहरी कार्यालयका एसएसपी, जिल्ला प्रहरी कार्यालयका एसपी, सशस्त्र प्रहरीका एसपी सहितका सुरक्षाकर्मी, ब्रहमाकुमारी राजयोग छिन्नमस्ता सखडा केन्द्रका पदाधिकारी लगायत विभिन्न सरोकारबाला निकायहरुको सहभागिता रहेको थियो । 
यसैबिच सोही भुमिपुजनमा त्रिमुर्ति रेसिडेन्टल इंलिस बोर्डिङ्ग स्कुल र छिन्नमस्ता बोर्डिङ्ग स्कुलका छात्र छात्राहरुलाई विभिन्न गितमा नृत्य प्रस्तुत गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट