News Category 2072/12/27

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख १३ देखी १५ गतेसम्म

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख १३ देखी १५ गतेसम्म न.उ.प.मा.वि ओद्राहा सप्तरीमा हुने भएको छ । 
सो प्रतियोगिता संचालन बारे शुक्रबार जिल्ला खेलकुद विकास समिति सप्तरीको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । 
आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख लक्ष्मण मण्डलले युवा तथा खेलकुद मन्त्रालयको तत्वधानमा राष्ट्रिय खेलकुद परिषदको संयोजन तथा जिल्ला शिक्षा कार्यालयको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा माध्यमिक विद्यालय स्तरीय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुन लागेकोले त्यसमा सम्पुर्ण जिल्लाबासीहरुलाई सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
यसअघि जिल्लाको क्षेत्र नं. १, ४ र ६ मा चैत १ देखी ७, क्षेत्र नं. २, ३ र ४ मा ९ देखी १० गतेसम्म क्षेत्रिय स्तर प्रतियोगिता हुने जनाइएको छ । 
सो जिल्ला स्तरीय प्रतियोगितामा भलिवल छात्र छात्रा, एथलेटिक्स, कबडि, मार्सल आर्टसतर्फ कराँते (सितोरियो), तेक्वान्दो र उसु सहितका खेलहरु आयोजना हुने तथा सो प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयहरुलाई क्रमश मार्सल आर्टका खेल बाहेक एथलेटिक्स भलिबल र कबडी खेलमा विजयी भए वापत पाएको अंक जोड्दा सर्वाधिक अंक हासिल गरी प्रथम हुने विद्यालयलाई शिल्ड सहित नगद १५ हजार र प्रमाणपत्र, दोश्रो र तेश्रो हुनेलाई क्रमश १२ हजार र ९ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट