News Category 2072/12/29

यज्ञ स्थलमा आगलागि, तीन लाख बढीको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ चैत । 
सप्तरीको औरही गाविस ४ मा दुई दिनदेखी संचालित विष्णु यज्ञ स्थलमा आइतबार आगलागि हुँदा करिब साढे तीन लाख २६ हजार बराबरको सामाग्रिहरु जलेर नष्ट भएको छ । 
यज्ञ चलिरहँदा जेनेरेटर निभाएर ग्याँस बाल्ने क्रममा अचानक आगलागि हुँदा यज्ञमा प्रयोग भएका साउण्ड सिस्टम र औरही ४ बस्ने हुसेनको परालको टालीमा समेत आगलागि भएको प्रहरीले जनाएको छ । 
यस्तै आइतबारै जिल्लाको दौलतपुर २ स्थित अर्जुन यादवको घरमा आगलागि हुँदा घर भित्र रहेको लत्ताकपडा भाडा वर्तन अन्नपात, पानी तान्ने मोटर, नगद रु. २५ हजार समेत गरी करिब ५० हजार बराबरकोे क्षति भएको छ । 
दुबै स्थानमा भएको आगलागि प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट