News Category 2072/12/29

वरिष्ठ अधिवक्ता खरेलको निधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ चैत । 
वरिष्ठ अधिवक्ता मोहनकृष्ण खरेलको आइतबार बिहान निधन भएको छ । उहाँको आइतबार बिहान काठमाडौंमा निधन भएको हो । 
नेपाल बारका पूर्व महासचिव सतिश कृष्ण खरेलका पिता मोहनकृष्ण खरेल विगत केही दिनदेखी बिरामी हुनुहुन्थ्यो । 
वरिष्ठ अधिवक्ता खरेलको निधनको शोकमा आइतबार पुनरावेदन अदालत र जिल्ला अदालत राजविराजमा कुनै बहस नभएको पुनरावेदन अदालत राजविराजका अधिवक्ता प्रहलाद प्रसाद घिमिरेले जानकारी दिनुभयो । 
राजविराज ९ निवासी खरेलको पुर्खाैली घर सप्तरीको नर्घो गाविस हो । उहाँको सपरिवार हाल काठमाडौंमा बसोवास गदैछन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट