News Category 2072/12/30

जारि मधेश आन्दोलन ३ का प्रथम सहिद राजिव राउतकी पत्नि निलमले गरिन जिल्ला परिषद्को उद्घाटन, सबै सहिद परिवार सम्मानित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
जिल्लाको विकास योजना कार्यान्वयनका लागि आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि सप्तरीको चार अर्ब ६४ करोड ५४ लाख ५९ हजार ५ सय ८१ रुपैया ८५ पैसा बराबरको प्रस्तावित बजेट सार्वजनिक गरिएको छ । 
जिल्ला विकास समिति सप्तरीको २२ औं जिल्ला परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सोमबार निमित्त स्थानिय विकास अधिकार प्रदिप बहादुर सिंह यादवले सो बजेट सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक गरिएको प्रस्तावित बजेटमा चालु तर्फ १ अर्ब १८ करोड ७ लाख ३६ हजार ६ सय ८७ रुँपैया ८५ पैसा र पुँजीगत तर्फ ३ अर्ब ४६ करोड ४७ लाख २२ हजार ८ सय ९४ रुँपैया रहेको छ । 
यस्तै जिविस तर्फको कुल १ अर्ब ३६ करोड ३२ लाख १६ हजार २ सय ७५ रकम प्रस्तावित गरिएको मध्ये चालुतर्फ ५९ करोड ६२ लाख ६८ हजार र पुँजीगत तर्फ ७४ करोड ९१ लाख २६ हजार ५ सय ५० रकम प्रस्तावित गरिएको छ । त्यस्तै विषयगत कार्यालयतर्फ कुल २ अब ४७ करोड ९५ लाख ७३ हजार ८ सय १२ मध्ये चालु तर्फ ३१ करोड ३ लाख ९१ हजार १ सय २ रुपैया र गैसस तर्फ ८० करोड २६ लाख ६९ हजार ४ सय ९४ रुँपैया ८५ पैसा र पुँजीगत तर्फ ६० करोड ३३ लाख ४२ हजार ९ सय १७ रुँपैया प्रस्तावित गरिएको छ । 
यसअघि मधेश आन्दोलन ३ का प्रथम सहिद सप्तरीको भारदह १ निवासी राजिव राउतकी श्रीमती निलम देवी राउतले २२ औं जिल्ला परिषद्को उद्घाटन गर्नुभएको थियो । मधेशी मोर्चा सप्तरीले परिषद्को उद्घाटन जारि मधेश आन्दोलनका सहिद परिवारबाटै गरिने अडान लिएपछि सोमबार निलम देवीले सो उद्घाटन गर्नुभएको हो । 
यस्तै सोही परिषद्मा मधेश आन्दोलनका शहिद रामकृष्ण राउत, बिरेन्द्र राम, नागेश्वर यादव, दिलिप साह, शिवशंकर दास, गुल्टेन दास र खुशिलाल यादव तथा जनआन्दोलनका शहिद दशन यादवका परिवारलाई विशेष अतिथि बनाई दो सल्लाह ओढाएर सम्मान समेत गरिएको छ ।
तीन वटै मधेश आन्दोलन तथा जनआन्दोलनका सहिद परिवारलाई रु. ५ हजार १ सय तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।  
सम्बृद्ध सप्तरीको मुल आधार, कृषि, सामाजिक विकास, सुशासन र भौतिक पुर्वाधार भन्ने मुल नाराका साथ आयोजित सो २२ औं जिल्ला परिषदमा सभासदद्वय सुरेन्द्र यादव, लक्ष्मी चौधरी, जिविसका पुर्व सभापति बिरवल विराजी, गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय उपाध्यक्ष राम कुमार यादव, पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादव, मधेशी मोर्चा सप्तरीका संयोजक एवं रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, वैद्य माओवादीका भुपेन्द्र यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सावृति पण्डित, स्ववियुका उपसभापति तारकेश्वर यादव लगायतका बक्ताहरुले सप्तरीको विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिको विकास हुनुपर्नेमा जोड दिनुभयो ।
यसअघि जारि मधेश आन्दोलन ३ का पहिलो शहिद राजिव राउतकी पत्नीलाई प्रमुख अतिथि बनाई परिषद्को उद्घाटन गर्ने विषयमा नेकपा एमाले सप्तरीले बिरोध गरेको मधेशी मोर्चा सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । 
आयोजित कार्यक्रममा विभिन्न दलका प्रतिनिधीहरुले बजेटप्रति आ–आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य जिविस सप्तरीका कार्यक्रम अधिकृत सुभाषकुमार मण्डलले व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट