News Category 2072/12/30

सप्तरी र सिरहामा आगलागी हुँदा लाखौको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
सप्तरी र सिरहामा सोमबार आगलागि हुँदा करिब ११ लाख बराबरको क्षति भएको छ ।  
सप्तरीको नेगडा गाविस २ मा सोमबार आगलागी हुँदा करिब ४० हजारको क्षति भएको छ ।  स्थानीय शिव नारायण साहको टाटी, फुसको छानो भएको घरमा अचानक आगलागि हुँदा घर भित्र रहेका लत्ताकपडा,खाद्यान्न समेत जली सो मुल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यसैबिच आगलागीबाट कुनै मानविय र चौपाय क्षति नभएको तथा आगलागी प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यसैबिच सिरहाको चिकना गाविस २ मा सोमबार बिहान आगलागी हुँदा ६ घर जलेको छ । 
चिकना गाविस २ बस्ने लक्ष्मण यादवको घरमा बालेको घुरबाट सोमबार बिहान  आगो सल्किदा आगलागी भएको हो । 
आगलागीबाट लक्ष्मण यादवसहित उनका छिमेकी सोभित यादव, महेन्द्र यादव, असेश्वर यादब, जगदिस फरियार र रामवतन ठोरीयाको ६ घर जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षती भएको बताइएको छ । 
आगलागी स्थानीयवासी, प्रहरी र दमकलको प्रयासमा नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट