News Category 2073/01/01

इन्जिनियर अटोमेटिक पेस्तोलसहित पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० चैत । 
सप्तरी प्रहरीले एक जना व्यक्तिलाई मंगलबार दिउँसो अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको ब्रहमपुर गाविस ५ निवासी हाल राजविराज वडा नं. ७ मा बस्दै आएका २३ वर्षिय विपिन झालाई पक्राउ गरेको हो । 
पक्राउ परेका झा कम्प्युटर इन्जिनियर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । 
सखडा राजविराज सडक खण्ड हुँदै भारतबाट हतियार ल्याइरहेको सुचनाको आधारमा सो सडक खण्ड अन्तरगत विषणपुर चौकमा सवारी साधन चेक जाँच गर्ने क्रममा स ६ प १६९२ नंं. को मोटरसाइकलसहित झालाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । 
झालाई पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको तथा हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट