News Category 2073/01/03

पेस्तोलसहित दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सिरहा, २ वैशाख । 
लेनदेनको विषयमा विवाद हुँदा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका दुई जनालाई बिहीबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ का गणेश यादव र सोही ठाउँका धनिक कामती रहेका छन् । उनीहरूबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनाथ कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेनदेनको विषयमा विवाद भएकै कारण पक्राउ परेका यादव र कामतीले सिरहा नगरपालिका–११ का सत्यदेव कामतीलाई कटुवा पेस्तोल देखाएर धम्क्याएका थिए । 
दुवैलाई अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट