News Category 2073/01/04

अग्निपीडित परिवारलाई राहत प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख । 
सप्तरीको देउरी भरुवा गाविसको वडा न. ६ र ७ का अग्निपीडित परिवारलाई शुक्रबार एक संस्थाले राहत प्रदान गरेको छ । 
हेल्प नेपाल नेटवर्कको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा त्यहाँका ६ जना अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरेको हो । 
क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादवको अध्यक्षतामा त्यहाँका अग्निपीडित परिवारलाई त्रिपाल १ थान, थाल ५ थान, ग्लास ५ थान, डेक्ची र लत्ताकपडाहरु समेत वितरण गरेका छन । 
सो राहत समारोहमा देउरी भरुवा गाविसका सहायक प्राविधिक परशुराम यादव, सामाजिक परिचालक बिनोद मण्डल, शिक्षक जगदेव मण्डल, समाजसेवि बिनोद यादव सहितका उपस्थिति रहेको थियो ।
गत बैशाख १ गते भएको आगलागीमा स्थानीय रामदत मण्डल, रवि मण्डल, भवी मण्डल, सौफी मण्डल, दुखी मण्डल र मो.रहमतुलको घर जलेर लाखौको नष्ट भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट