News Category 2073/01/06

युरिन किटबाट लागु औषध प्रयोगकर्ताले प्रयोग गरेको लागु पदार्थ दुई मिनेटमै पत्ता लगाउन सकिने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ बैशाख । 
नेपालमा हाल दुई लाख व्यक्ति लागु औषधको कुलतमा फसेका छन् भने दुई लाख बालबालिकाहरु सो कुलतको शिकार भएका छन् । 
नेपाल पूर्वप्रहरी संगठनका अध्यक्ष बसन्त कुँवरले आइतबार राजविराजमा पत्रकार सम्मेलन मार्फत सो जानकारी दिनुभएको हो ।  
सोही पत्रकार सम्मेलनमा उहाँले एक जना लागु औषध प्रयोगकर्तासँग कुन–कुन लागु पदार्थ प्रयोग गरेको कुरा दुई मिनेटमै पत्ता लगाउनुभयो । राजविराज १० निवासी १९ वर्षिय सुरेन्द्र यादवलाई पूर्वएसपी समेत रहनुभएका कुँवरले युरिन किट मार्फत उसले प्रयोग गरेको सम्पूर्ण लागु पदार्थको नाम यादवकै मुखबाट बोल्न लगाउनुभयो । 
यादवको पिसाबलाई सो युरिन किटमा राखेर दुई मिनेटमै किटमा उल्लेख गरिएको विभिन्न लागु औषधको नामसहित मात्रा पनि देखिएको थियो । त्यसपछि उहाँले यादवसँग कुन कुन लागु पदार्थ प्रयोग गरेको हो भन् होइन भने थुनामा थुन दिन्छु भने उसले एक एक गरि नाइट्रोज, कोरेक्स र गाजा सेवन गरेको बताए । 
युरिन किट अमेरिकामा बनेको र यसको मुल्य करिब एक हजार नेपाली रुँपैया पर्ने उहाँले बताउनुभयो । 
त्यसपश्चात् कुँबरले मुलुकभरि अहिले लागु औषध सेवन गर्नेहरुको संख्या बढ्दै गएको चिन्ता व्यक्त समेत गर्नुभयो । उहाँले लागु औषध प्रयोग गर्नेहरुमा सबैभन्दा बढी कक्षा ८ देखी १० सम्मका बालबालिकाहरु रहेको जानकारी दिनुभयो । 
अभिभावकले आफ्नो बालबालिका लागु औषधको कुलतमा फसेको कुरा चार कुराबाट सजिलै अनुमान गर्न सक्ने जानकारी दिनुभयो । बालबालिकाहरु दुब्लाउँदै जानु, राती अबेरसम्म नसत्नु र बिहान सबेरै उठ्नु, पढाईमा कमजोर हुँदै जानु र अनावश्यक भन्दा बढी फुर्तिलो हुनु नै लागु औषध सेवन गरेको अनुमान गर्न सकिने जिकिर गर्नुभयो । 
यस्तै उहाँले सप्तरीमा दुरव्यसनीहरुका लागि सुधार गृह खोल्न कदम चालेमा आफु पनि यसका लागि सहयोग गर्ने प्रतिबद्धता संचारकर्मीसमक्ष गर्नुभयो । 
सो सम्मेलनमा पूर्व एआइजी बिनोद सिंह, सप्तरीका प्रहरी उपरिक्षक भिम ढकाल समेतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट