News Category 2073/01/06

विभिन्न निजामती संगठनद्वारा धर्ना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ बैशाख । 
अधिकारीक टे«ड युनियनमा समावेशी र सहभागिता मुलक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका मागहरु अघि सार्दै निजामती कर्मचारीहरुले आईतबार धर्ना दिएका छन । 
नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन निजामती सप्तरीको अगुवाईमा आइतबार निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका हुन् । 
एक पक्षिय ढंगबाट घोषणा गरिएको गैरकानुनी निर्वाचन कार्यक्रम खारेज गर्नुपर्ने, नयाँ परिस्थितिमा नयाँ निर्वाचन कार्यक्रम घोषणा गर्नुपर्ने, २०७२ फाल्गुन १३ गते नेपाल सरकारलाई चार वटा संगठनले पेश गरेको माग पुरा गर्नुपर्ने, बहुथ्रेसहोल्डको व्यवस्था खारेज गर्नुपर्ने लगायतका मागहरु अघि सार्दै साढे १० बजेदेखी साढे १२ बजेसम्म धर्ना दिएका थिए ।
मागहरु सम्बोधन नगरी एकपक्षिय रुपमा निर्वाचन कार्यक्रम घोषणा गरी अगाडी बढाईएको निर्वाचन कार्यक्रम अस्विकार गर्दै अधिकारीक टे«ड युनियनको निर्वाचन सम्बन्धित हालसम्म भएका सबै किसिमका गैर कानुनी काम कारवाही एवं चालु निर्वाचन प्रक्रिया खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनमा ओर्लेको राष्ट्रिय कर्मचारी संगठन निजामतीका संयोजक मनोज कुमार यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट