News Category 2073/01/07

सुनको बिस्कुट र चाँदीसहित एक भारतीय पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 
राजविराज रुपनी सडकखण्ड अन्तरगत सप्तरीको रायपुर ७ मा प्रहरीले एक भारतीयलाई साढे बाह्र लाख रुँपैया मुल्य पर्ने सुनको बिस्कुट र चाँदीसहित पक्राउ गरेको छ । 
सवारीसाधन चेक जाँच गर्ने क्रममा भारतको कलकत्ता ठेगाना बताउने मो. मोहिमसँग सुनको बिस्कुट २० तोला र कच्चा चाँदी ५ किलो फेला परेको प्रहरीले जनाएको छ । 
प्रहरीले सुनको विस्कुट २० तोलाको दश लाख र कच्चा चाँदी ५ किलो दुई लाख पचास हजार बजार मुल्य पर्ने जनाएको छ ।
सवारी चेक जाँच गर्नेे क्रममा शंका लागेपछि प्रहरीले मोहिमसँग रहेको कालो झोला चेक गर्दा बरामद भएको सुनको बिस्कुट र कच्चा चाँदीसहित उनलाई पनि आवश्यक कारवाहीको लागि पूर्वाअञ्चल राजश्व कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट