News Category 2073/01/07

संघीय गठबन्धनद्वारा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । 
गठबन्धनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सोमबार आयोजना गरेको संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा काठमाडौ केन्द्रीत आन्दोलनको समर्थनमा हिमाल, पहाड़ र तराईको जनता पनि उठ्नु पर्ने आवश्यकता रहेको कार्यक्रममा सहभागिहरुले बताएका छन ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओली सरकार माफिया तन्त्रहरुको र कालाबजारी गर्नेहरुको हो आम जनताको सरकार नरहेका प्रष्ट पार्नुभयो ।
उहाँले राज्यको नश्लवादी चिन्तनले गर्दा मुलुकलाई आर्थिक, समाजिक तथा हरेक ढंगले बर्बाद पारेको छ भन्ने आरोप लगाउँदै विभेदकारी र प्रतिगमनकारी संविधान रहेको भन्दै प्राप्त अधिकारलाई पनि कटौती गरेको कुरा भन्दै यादवले आन्दोलनको कार्यक्रम बनाएर काठमाडौँ सिंहदरवारलाई हलाउने खालको आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा बक्ताहरुले अबको आन्दोलन काठमाडौँ केन्द्रित र सिंहदरबारकेन्द्रित आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कार्यक्रममा विखण्डन रोक्न विभेदको अन्त्य हुन जरूरी रहेको औंल्याइएको छ ।
वर्तमान सरकार गणतन्त्र विरोधी, धर्म निरपेक्षता र संघियता विरोधी रहेको सरकार जनताको भावना विपरीत संविधान लाद्न खोजीरहेको अध्यक्ष यादवले वताउनुभयो । सरकारको राष्ट्रवाद नश्लवादी राष्ट्रवाद र नश्लवादी राष्ट्रवादले जहिले पनि अरूलाई विखण्डकारी देख्ने गरेको आरोप समेत लगाइएको छ । शाषकहरुको राष्ट्रवाद भन्दा पनि हलो जोत्ने किसानमा बढि राष्ट्रवाद रहेको वताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट