News Category 2073/01/08

७५ वटै जिल्लामा आज आन्दोलनको घोषणा हुँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, ७ बैशाख । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २५ दलिय संघीय गठबन्धनले ७५ वटै जिल्लामा एकै साथ आन्दोलन गर्ने तयारी गरेको छ ।
मंगलबार काठमाडौंस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकमा ७५ वटै जिल्लाबाट आन्दोलनको थालनीका लागि तयारी भएको नेताहरुले बताएका छन् ।
बैठकमा सहभागी सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवका अनुसार मंगलबारको बैठकमा सोमबार भएको बृहत अन्तरक्रियाको बारेमा समिक्षा भएको छ भने भावी आन्दोलनका बारे छलफल भएको छ । उहाँका अनुसार बुधबार आन्दोनलका कार्यक्रमहरु सार्वजनिक गरिनेछ ।
यादवले भन्नुभयो, ‘आजको बैठकमा अधिकांश नेताहरुले ७५ वटै जिल्लामा आन्दोलनको तयारी भइरहेको जनाउँदै काठमाडौंलाई मुख्य केन्द्र बनाउने धारणा राखेका छन् । आन्दोलनको ठोस कार्यक्रम बुधबार दिउँसो ११ बजेबाट सुरु हुने बैठकले सार्वजनिक गर्नेछ ।’

प्रतिकृया दिनुहोस

ताजा अपडेट