News Category 2073/01/10

मोटरसाइकल र साइकल ठोकिदा एकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीको कन्चनपुरमा बुधबार राती मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिनजना घाइते भएका छन् । 
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा ५४ प ६१४३ नम्बरको मोटरसाइकल र विपरित दिशाको साइकल कंचनरुप नगरपालिका ११ स्थित पूर्व पश्चिम राजमार्गमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । 
दुर्घटनामा साइकल पछाडी सवार बिजल सदाको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको छ । दुर्घटनामा साइकल चालक सप्तरी पोर्ताहा ८ बस्ने २० बर्षिय देवु सदा, मोटरसाइकल चालक झापा शनिश्चरे १ बस्ने २० बर्षिय सुजन लिम्बु र पछाडि सवार सोही स्थान बस्ने २० बर्षिय सब्दा मियाँ घाइते भएको प्रहरीले जनाएको छ । 
सदाको बिराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई जनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ । साइकल र मोटरसाइकल इलाका प्रहरी कार्यालय ठेलियाको नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट