News Category 2073/01/13

स्वास्थ्यकर्मीहरुको ट्रेड युनियन संजाल आन्दोलित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख । 
स्वास्थ्यकर्मीहरुको ट्रेड युनियन संजालले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले आ.ब. २०७१÷७२ को औषधी, मसलन्द तथा फर्निचरको टेण्डर भएपनि हालसम्म जनताको पहुँच सम्म नपुगेको भन्दै कार्यालयमा तालाबन्दी गरी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको प्राङ्गणमा संजालका संयोजक बिरेन्द्र दासको अगुवाईमा विभिन्न पाँच बुँदे मागहरु अघि सारी धर्ना कार्यक्रमलाई आईतवार पनि निरन्तरता दिएका हुन । 
हाल स्वास्थ्य संस्थाहरुमा औषधिको चरम अभाव हुँदा समेत हालसम्म औषधि आपुर्ति नभएकोले तत्काल आपुर्ति हुनुपर्ने, आम जनता र स्वास्थ्यकर्मीहरुसँग सरोकार राख्ने कुनै पनि कार्यक्रम संचालन गर्नु पुर्व टे«ड युनियनहरुसँग छलफल गर्नुपर्ने, चालु आव २०७२÷०७३ को प्रथम र दोश्रो चौमासिक बितिसक्दा समेत हालसम्म लगभग २०÷२५ प्रतिशत मात्र कार्यक्रमहरु सम्पन्न भएको हुँदा हालसम्म सम्पन्न भइसकेका, चालु आवस्थामा रहेका र सम्पन्न हुन बाँकी कार्यक्रमहरु विवरण उपलब्ध गराउनुपर्ने, जेष्ठताको आधारमा स्वास्थ्य सेवा ऐन बमोजिम स्वास्थय संस्था प्रमुख हुने व्यवस्था लागु गर्नुपर्ने तथा टे«ड युनियनहरु र जिल्ला जनस्वास्थ्य कार्यालयबिच विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने लगायतका माँगहरु अघि सारी कार्यालयको तथ्याङ्क शाखा र लेखा शाखामा तालाबन्दी गरी धर्नामा बसेका छन । 
यता आ.ब. २०७१÷७२ मा केही सामाग्रिहरु विभिन्न स्वास्थ्य केन्द्र, चौकी लगायतमा पुगेको र सोही अनुसार हालसम्म काम भइरहेको तर, अब विभिन्न सामग्री र औषधीको अभावमा काम गर्न नसकिने भन्दै जानकारी दिँदै सो सम्बन्धमा बारम्बर जनस्वास्थ्य कार्यालयमा ज्ञापन दिँदा समेत कुनै सुनुवाइ नभएकोले बाध्य भएर धर्नामा बसेको जनाइएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट