News Category 2073/01/13

५१ वटा विद्यालयद्वारा सामुहिक रुपमा भर्ना अभियान गर्ने निर्णय

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीको ५१ वटा सामुदायिक विद्यालयले एकै साथ विद्यालय भर्ना अभियान गर्ने सामुहिक निर्णय गरेको छ । 
सवल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित स्पोन्नसरशिप कार्यक्रम अन्तर्गत बरसाईन, कुशहा र बनरझुला श्रोत केन्द्रका सामुदायिक विद्यालयहरुले विद्यालय भर्ना अभियान–२०७३ को तयारी वैठक पछी एक साथ वैशाख १३ गते विद्यालय भर्ना अभियान ¥याली गर्ने निर्णय गरेको हो । 
“हामी सवैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा” भन्ने मुल नाराका साथ मलहनमा, हरिपुर, पन्सेरा, सिस्वावेल्ही लगायत सवल नेपालको कार्यक्षेत्र १३ वटा गाविसका ५१ वटा विद्यालयहरुले एक साथ भर्ना अभियान संचालन गर्ने फिल्ड अधिकृत निर वहादुर आलेले जानकारी गराउनु भयो । 
सबल नेपालका स्पोन्सरशिप कार्यक्रको संयोजक शैलेन्द्र चौधरीका अनुसार भर्ना अभियानबाट छुटन सक्ने विद्यार्थीहरुको घरदैलोमा पुगेर सवै वालवालिकाहरुलाई विद्यालयमा झिकाउने, सिकाउने, टिकाउने र पछि विकाउने उदेश्यका साथ अभियान चलाईएको वताँउनु भयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट