News Category 2073/01/14

चिकित्सकको लापर्वाहीले शिशुको मृत्यु भएको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 
सप्तरीको कुशहा गाविसस्थित मोडेल हस्पिटल प्रालिका चिकित्सकहरुको लापर्वाहीका कारण सोमबार एक नवजात शिशुको मृत्यु भएको छ । 
जिल्लाको हरीपुर गाविस ३ पोखरीया निवासी संगितादेवी चौधरीकी ६ दिने शिशुको चिकित्सकको लापर्वाहीका कारण उपचारका क्रममा मृत्यु भएको परिवारजनले आरोप लगाएका छन । 
मृतक शिशुका बुबा ह्दय नारायण चौधरीले सोही अस्पतालमा ६ दिन अघि शिशुको जन्म भएपछि घर लगेको र आइतबार राती शिशु बिरामी परेपछि पुनः सोही अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो ।
सो नवजात शिशुको उपचारमा अस्पतालका संचालक सुर्य नारायण चौधरी र भुषण यादव सहितकाहरु संलग्न रहेको तथा उनीहरुकै लापर्वाहीले आप्mनो नवजात शिशुको मृत्यु भएको मृतकका परिवारजनको आरोप छ । यता मृतकका परिवारजनहरुले केही समय अस्पताल अगाडी प्रदर्शन समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट