News Category 2073/01/14

फरार सात जना अभियुक्त पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 
सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मितिमा विभिन्न मुद्दामा फैसाला भई सजाय भएका तथा फरार रहेका सात जना आरोपित अभियुक्तहरु सोमबार पक्राउ परेका छन् । 
जिल्ला प्रहरी कार्यालय सप्तरीको गस्ती टोलीले जिल्लाको कटैया गाविस ९ बस्ने कुटपिट मुद्दाका आरोपित अभियुक्त विन्दी लाल खंग खत्वे, सोही ठाउँका नन्दु खंग खत्वे, कारी दास खंग, अच्छेलाल खंग, शत्रुधन मण्डल, पिप्रा पश्चिम गाविस ८ बस्ने लागु औषध मुद्दाका अभियुक्त कैलाश महतो र प्रशवनी गाविस ५ बस्ने लुटपाट मुद्दाका आरोपित अभियुक्त इन्द्र सदा मुसहरलाई पक्राउ गरेको जनाएको छ । 
उनीहरु विभिन्न मितिमा विभिन्न मुद्दामा फैसला सजाय पाईसकेको तथा फरार रहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट