News Category 2073/01/15

सप्तरीमा निःशुल्क पाठ्य पुस्तक वितरण गरिँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ बैशाख । 
हामी सबैको इच्छा, सर्व सुलभ विद्यालय शिक्षा भर्ना अभियान २०७३ को नारा संगै नेपाल सरकारले थालिएको बालवालिका भर्ना कार्यक्रम अन्र्तगत सप्तरीमा निःशुल्क पाठ्य पुस्तक वितरण गरेको छ । 
जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लाको ३० विद्यालयमा एक कर्यक्रमको आयोजना गरी सामुहिक रुपमा भर्ना अभियानसंगै निःशुल्क रुपमा पाठ्य पुस्तक वितरण गरेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा प्रारम्भीक शिक्ष पढ्ने बालवालिकादेखी कक्षा १० सम्मका विद्यार्थीहरुको नयाँ भर्ना र निःशुल्क पठ्य पुस्तक वितरण गरेको हो ।   
विद्यालय भर्ना कार्यक्रममै सप्तरीको जनहित प्रावि वनरझुल्लामा ८ जना डोम समुदायका बालवालिका तथा १० जना फरक क्षमता भएका विद्यार्थीहरुलाई समेत विद्यालयमा भर्ना गरी पाठ्य पुस्तक दिईएको सहायक जिल्ला शिक्षा अधिकारी शंकर प्रसाद लुईटेलले जानकारी दिनुभयो । 
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराइृको अगुवाईमा चलाईएको भर्ना अभियान तथा पाठ्पुस्तक वितरण कार्यक्रमलाई सफल बनाउन जिल्लाका सम्पुर्ण सरोकार वालाहरु कार्यक्रममा सहभागी भएको थिए । जिल्लाको श्री राप्रावि भिमपुर, मुसिलाल जनता उमावि कुसहा, श्री चन्द्रा उच्च मावि वोदे बर्साईन, श्री जनता रामेश्वर मेमोरियल मावि ब्रहमपुर, मावि इटहरी विषणुपुर, प्रवि रंजीतपुर, मावि वसविट्टी, प्रावि कल्याणपुर, मावि पंसेरा, जनहित प्रावि बनरझुल्ला लगायतको विद्यालयमा कार्यक्रम गरी जिल्ला शिक्षा अधिकारी लक्षमी प्रसाद भट्राई र सहायक जिल्ला शिक्षा अधिकारी शंकर प्रसाद लुईटेलले पाठ्य पुस्तक वितरण गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट