News Category 2070/05/18

मंसीर ४ गते हुने निर्वाचनमा कुनै शंका नगर्न आग्रह

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ भदौं । 
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मंसीर ४ गते हुने निर्वाचनमा कुनै शंका नगर्न सम्पूर्ण जनतालाई आग्रह गर्नुभएको छ । 
तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीद्वारा सोमबार विहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले घोषित मितिमै निर्वाचन हुने भएकोले सम्पूर्ण जनतालाई निर्वाचनमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह समेत गर्नुभयो । 
उहाँले कुनै दलले निर्वाचन बहिष्कार गर्दैमा निर्वाचन नरोकिने दाबी समेत गर्नुभयो । 
घोषित निर्वाचनको बिपक्षमा रहेका नेकपा–माओवादी लगायतका दलहरुसँग उच्चस्तरीय राजनीतिक संयन्त्र र सरकारी वार्ता टोलीले वार्ता र छलफल जारी राखेकाले असन्तुष्ट दलहरु पनि निर्वाचनमा सहभागि हुने विश्वास ब्यक्त गर्नुुहँदै अध्यक्ष ठाकुरले निर्वाचनबाट सबैको अधिकार सुनिश्चित हुने भएकाले निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने दोह¥याउनुभयो । 
आसन्न निर्वाचनमा मधेशबादी दलहरु बिचमा मोर्चाबन्दीको सम्भावना नरहेपनि निर्वाचन सिटको बिषयमा तालमेल हुने सम्भावनालाई भन्ने नकार्न नसकिने बताउनुहुँदै अध्यक्ष ठाकुरले सिटको बिषयमा तालमेल गर्न मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग मात्र कुराकानी भएपनि कुनै ठोस निर्णय अझै भइनसकेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट