News Category 2073/01/17

प्रअले रकम लिएर शिक्षक नियुक्ति गरे ः व्यवस्थापन अध्यक्ष

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 
सप्तरीको बोरिया गाविस ८ स्थित जनता राप्रावि कट्टीका व्यवस्थापन समिति अध्यक्ष बुधन यादवले चार लाख रकम लिएर सो विद्यालयमा राहत दरबन्दीमा शिक्षक नियुक्ती गरेको आरोप लगाउनु भएको छ । 
बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष यादवले गत पुस महिनामा विद्यालयमा राहत दरबन्दीको शिक्षक नियुक्ति सम्बन्धि सम्पूर्ण निर्णयहरु भइसकेको तर हालसम्म सो पदका लागि सूचना, परिक्षा जस्तो प्रक्रिया समेत नगरि शिक्षक नियुक्ती गरिएको आरोप लगाउनुभयो ।
उहाँले विद्यालयका प्रधानाध्यापक रामचन्द्र यादव, सोही विद्यालयका शिक्षक बद्री साह र जिल्ला शिक्षा कार्यालयको मिलोमतोमा आफूलाई कुनै जानकारी नदिएरै सप्तरीको नर्घो निवासी सुनिता यादवलाई राहत दरबन्दीमा शिक्षक नियुक्त गरेको आरोप लगाउनुभयो । 
शिक्षक नियुक्तिको प्रक्रिया सम्बन्धमा जिल्ला शिक्षा कार्यालय सप्तरीमा निवेदन दिँदा समेत कार्यालयले नियुक्ति सम्बन्धमा अदालत बाहेक कसैलाई जानकारी दिन नमिल्ने जवाफ दिएको अध्यक्ष यादवले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले शिक्षक नियुक्ति बदर गर्न अब अदालतमा निवेदन दिने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट