News Category 2073/01/17

इन्जिनियरिङ्ग छोडेर पूर्वको सांगीतिक क्षेत्रमा जम्दै गायक विवेक

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 
नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत नाम हो, निखिल राउत अर्थात बिबेक यादव । सानै उमेरबाट आमा शान्ति देवी र बुवा घनश्याम यादवसंगै सांगीतिक क्षेत्रमा प्रवेश गरेका विवेक  मोरंगको बिराटनगरमा रहेर सांगीतिक क्षेत्रमा संघर्ष गर्दैछन् । 
सप्तरीको रायपुर गाविसको रुपनी बजार हाल शम्भुनाथ नगरपालिका १ मा वि.स. २०५०  सालमा जन्मिएका विवेक सानै उमेरदेखी गित संगित प्रती अथाह रुचि भएको बताउँछन । गायक बन्ने सपना संगालेर गुनगुनाउँदै  यादव २०६७ सालमा विराटनगरका संगीतकार सुधिर साहीको साथ पाएर औपचारिक रूपमा गायक बने । उहाँ संगीतकार सुधिर साही लाई गुरु मान्छन । साहिसंग नै विराटनगर स्थित उहाँकै घरमा संगितको प्रशिक्षण लिएको उहाँ बताउँनुहुन्छ ।
करिब ४ वर्ष निजकै घरमा  संगितको प्रशिक्षण लिएपछि उहाँले २०७२  सालमा पहिलो पटक गित रेकर्ड गरे । उहाँकै शब्द र भावना घिमिरेको शब्द तथा सुधिर साहिको संगीतमा कहाँ हरायौ  तिमि मेरो दिल तोडी ‘र बेचैनी ले बढ्छ  धड्कन‘ बोलको गीतमा उनले पहिलोपटक स्वर भरेका हुन । 
त्यस यता स्टेज शो र अन्य कार्यक्रमहरुमा आफ्नो प्रतिभा पस्किंदै आएका राउत भर्खरै आफ्नो पहिलो एकल एल्बम “दिल को उपहार” सार्वजनिक गरेका छन । हालसम्म ५ वटा आधुनिक गितहरु संग्रहित उहाँको एल्बममा चर्चित गायिका सिर्जना कार्की समेत साथ दिएकी छिन । एल्बममा निखिल राउत, भावना घिमिरे र मिनकुमार नवदितको शब्द रहेको छ भने सुधिर साही र नितिन गजुरेलले  संगीत भरेका छ्न ।
नेपाली सांगीतिक क्षेत्रमा केही नयाँपन पस्कने सोच सहित संघर्ष गरिरहेको यादव बताउँछन् । भविष्यमा यहि क्षेत्रमा केही गरेर देखाउने उहाँको सोच रहेको छ । उनी अहिले पुर्वको विभिन्न कार्यक्रमहरुमा निकै व्यस्त छ्न । यादवको साउन ७ गते बिराटनगरमा एकल साँझ हुदैछ । हँसिलो स्वभावका यी गायक बेलाबेला सबैलाई हँसाई रहन्छ्न । नेपाली सांगीतिक बजार खस्किएको बेला पनि नयाँ जोश र उत्साह लिएर केही गर्ने सोच सहित संघर्ष गर्दै गरेका यस्ता प्रतिभाहरुको प्रोत्साहन गर्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट