News Category 2073/01/18

सरकारी कार्यालयमा गठबन्धनले लगायो कालो झण्डा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २७ दलीय संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार सरकारी कार्यालयहरुमा कालो झण्डा लगाएका छन् ।
सोही कार्यक्रम अनुसार गठबन्धनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत कालो झण्डा लगाएको छ । मधेशी मोर्चा सप्तरीको नेतृत्वमा राजविराजस्थित शिव मन्दिरको प्राङ्गनबाट निस्केको जुलुसले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कालो झण्डा लगाएको हो । 
त्यसपश्चात् मोर्चाका नेता कार्यकर्ताहरु नगर परिक्रमा गरि सम्पूर्ण सरकारी कार्यालयहरुमा कालो झण्डा शान्तिपूर्ण तरिकाले लगाएको मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । 
त्यसैगरी सदभावना पार्टीका वरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादवको नेतृत्वमा सप्तरीको क्षेत्र न. ६ अन्तगर्त जिल्लाको बसाईन बजारमा कालो झण्डा लगाएको सदभावना पार्टीका केन्द्रिय सदस्य अमरनाथ मण्डलले जानकारी दिनुभयो ।
दोस्रो चरणको कार्यक्रम अन्तरगत गठबन्धनका दलहरुले देशैभरीको सरकारी कार्यालयहरुमा कालो झण्डा गाडि रहेको गठबन्धनले जनाएको छ ।
यसअघि १५ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको थियो । १९ गते मजदुर दिवसको अवसरमा गठबन्धनले जिल्ला सदरमुकामहरुमा अन्तरक्रिया, ¥याली तथा कोण सभा गर्नेछ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट