News Category 2073/01/18

चोरी र बहुविवाह मुद्दाका फरार अभियुक्तहरु पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
जिल्ला अदालत राजविराजबाट चोरी मुद्दामा कैद र जरिवाना तोकेका फरार एक व्यक्तिलाई बिहीबारराति सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा जिल्लाको पकरी गाविस– ३ का ३५ वर्षीय पञ्चु सरदार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सरदार विगत पाँच वर्षदेखि फरार थिए । सरदारलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । 
पक्राउ परेका सरदारलाई शुक्रबार अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको छ । उनलाई पाँच वर्ष अगाडि जिल्ला अदालतले १९ दिन कैद र रु दुई हजार जरिवाना गरेको थियो । 
यस्तै जिल्लाकै सप्तकोशी नगरपालिका २ निवासी बहुविवाह मुद्दाका पारस बस्नेत समेतलाई अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट