News Category 2070/05/19

का“ग्रेसद्वारा ५ नम्बर क्षेत्रबाट उम्मेदवार सिफारिस

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १८ भदौ ।
मंसीर ४ गतेको संबिधानसभाको निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नम्बर ५ बाट सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । 
नेपाली काँग्रेस सप्तरीको ५ नम्बर क्षेत्रीय समितिको कदमाहास्थित बिद्यालयमा मंगलवार सम्पन्न क्षेत्रीय अधिवेशनले निर्वाचनमा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ तेजुलाल चौधरी, मुक्तिनाथ चौधरी र श्रीप्रसाद राउतको नाम सिफारिस पठाउने निर्णय गरेको जनाएको छ ।
यस्तै समानुपातिक तर्फबाट मो. उल्फत, मुखीलाल यादव, दानालाल सदा, गिताकुमारी चौधरी र सुष्मा चौधरीको नाम सिफारिस गर्ने निर्णय भएको जनाएको छ । 
काँग्रेस सप्तरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति मुक्तिनाथ चौधरीको अध्यक्षतामा सम्पन्न अधिबेशनबाट सिफारिस भएका नामहरु जिल्ला कार्यसमितिमा छलफल गरि केन्द्रिय कार्य समितिमा पठाइने जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट