News Category 2073/01/21

महाधिवेशनमा सहभागि हुन कैलालीबाट हिडेको बस सप्तरीमा दुर्घटना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बिराटनगरमा हुन लागेको महाधिवेशनमा सहभागीका लागि कैलालीको धनगढीबाट हिँडेको बस सोमबार विहान पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
बिराटनगरतर्फ गइरहेको ना ४ ख ९७४६ नम्वरको बस पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर बेरियर नजिक विहान करिब ८ः३० बजेको समयमा गाईलाई बचाउने क्रममा बस दुर्घटना भएको हो । 
घाइतेहरुमध्ये धनगढी नगरपालिका–१६ का बिमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरीको अवस्था गम्भीर रहेका कारण थप उपचारकालागि विराटनगर स्थित न्यूरो र नोबेल हस्पिटल पठाईएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।
यता बसमा सवार अन्य सामान्य घाइतेहरुको जिल्लाको ठेलिया गाविसस्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ । प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट