हरुवा चरुवाले अधिकार माग गर्दै मनाए श्रमिक दिवस

Monday, May 02, 2016
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख । 
१२७ औं अन्तराष्ट्रिय विश्व श्रमिक दिवसको अवसरमा आईतबार सप्तरी सहित मुलुकभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । 
यसै क्रममा हरुवा चरुवा अधिकार मंच सप्तरीले श्रमिक दिवसको अवसरमा सदरमुकाम राजविराजमा बृहत ¥याली प्रदर्शन तथा बिरोध सभाको आयोजना गरेको छ । 
हरुवा चरुवा आयोग गठन गर्नुपर्ने, हरुवा चरुवाको जमिन सहित पुन स्थापना गर्नुपर्ने, जग्गाको स्वामित्व हरुवा चरुवाकै नाममा हुनुपर्ने, सम्मान कामको सम्मान ज्याला कायम गर्नुपर्ने, हरुवा चरुवाहरुको मानवअधिकार सम्मान गर्नुपर्ने तथा हरुवा चरुवाको श्रृण मिनाहा हुनुपर्ने लगायतका माग अघि सार्दै राजविराजस्थित शिव मन्दिरको प्राङणबाट सयौको सहभागितामा निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन शिव मन्दिरकै प्राङणमा पुगेर बिरोध सभामा परिणत भएको थियो । 
सो सभामा हरुवा चरुवा मंचका उपाध्यक्ष देवराज रामको अध्यक्षता तथा विपि विचार समाजका अध्यक्ष एवं गरीबसँग बिशेश्वर कार्यक्रम संयोजक राम कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित सो बिरोध सभामा सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, भुमिअधिकार आयोगका पुर्व सदस्य एवं दलित आयोगका अगुवा बलदेव राम, तपेश्वरी समाजका अध्यक्ष प्रदीप जोशी, उत्पिडित समाजका अध्यक्ष राजेश कुमार राम, नेविसंघका महाधिवेशन प्रतिनिधिद्वय अर्जुन साह, पार्थो सरकार, भुमिअधिकारका अगुवा रामलखन राम, ठकन राम, हरुवा चरुवा मंचका सचिव लागेन्द्र सदा लगायतका बक्ताहरुले हरुवा चरुवाको सम्मान अधिकार राज्यले व्यवस्था नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।