News Category 2073/01/20

नियमपूर्वक शिक्षक नियुक्ति गरेको प्रअको दाबी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।  
सप्तरीको बोरिया गाविस ८ स्थित जनता राप्रावि कट्टीका प्रम रामचन्द्र यादवले  व्यवस्थापन समिति अध्यक्ष बुधन यादवले लगाएको आरोप निराधार रहेको बताउनुभएको छ ।  मधेशी पत्रकार समाजको कार्यालय राजविराजमा आईतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले शिक्षक नियुक्तिमा चार लाख रकम लिएको आरोप निराधार र षडयन्त्रपुर्ण रहेको दावी गर्दै रकम लिएर शिक्षक नियुक्ति नगरेको स्पष्ट पार्नुभयो छ ।
प्रअ यादवले शिक्षक नियुक्ति सम्पूर्ण प्रक्रिया पु¥याएर गरेको ठोकुवा गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुधन यादवको विद्यार्थी सो विद्यालयमा नरहेकोले वैशाख १ गतेदेखि नै अध्यक्ष पदबाट स्वतः हटेको दावी समेत गर्नुभयो । 
त्यस्तै प्रअ यादवले अध्यक्ष यादवका छोरा रामेश्वर यादवले जिल्ला शिक्षा कार्यालयबाट सहयोग वापत विद्यालयमा दुई कोठे भवन निर्माणका लागि आएको १३ लाख ५० हजारमा दुई लाख रकम माग गरेको आरोप लगाउनुभयो ।
यसअघि बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष यादवले गत पुस महिनामा विद्यालयमा राहत दरबन्दीको शिक्षक नियुक्ति सम्बन्धि सम्पूर्ण निर्णयहरु भइसकेको तर हालसम्म सो पदका लागि सूचना, परिक्षा जस्तो प्रक्रिया समेत नगरि शिक्षक नियुक्ती गरिएको आरोप लगाउनुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट