News Category 2073/01/22

श्रीमान्को नाममा सोसाइड नोट लेखेर श्रीमतीद्वारा आत्महत्या

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
राजविराज नगरपािलका ७ की एक महिलाले आफ्नो श्रीमानको नाममा सोसाईड नोट लेखेर आत्महत्या गरेकी छिन ।
राजविराज नगरपालिका ७ निवासी अवकाश प्राप्त ईन्जिनियर लक्ष्मण प्रसाद रौनियारकी ५१ वर्षिया श्रीमति कौशल्या देवी गुप्ताले सोसाइड नोट लेखर मंगलबार आप्mनै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन ।
यता आत्महत्याको कारण खुल्न नसकेपनि घटनास्थलबाट प्रहरीले सोसाईड नोट फेला पारेको तथा सो नोट श्रीमान्को नाममा लेखिएको छ । 
प्रहरीका अनुसार मंगलबार बिहान अबेर सम्म घरबाट बाहिर ननिस्किदा स्थानीयबासीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीले झयाल र ढोका तोडेपछि महिलाले आत्महत्या गरेको पाईएको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान दुई दिन अघि मात्र उपचारको लागि काठमाण्डौ गएको स्थानीयहरुले बताएका छन । यता मृतकको दुई छोरा र एक छोरी रहेको जसमा एक छोरा र छोरी अष्टे«लियामा रहेका छन भने अर्को छोरा काठमाण्डौमा रहेको परिवारजनले बताएका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट