News Category 2073/01/23

सुनौलो हजार दिन कार्यक्रम सञ्चालित गाविसहरुलाई ल्यापटप वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख । 
जिल्ला विकास समिति सप्तरीले बुधबार एक कार्यक्रमबीच सुनौलो हजार दिन कार्यक्रम सञ्चालित गाविसहरुलाई एक थान ल्यापटप वितरण गरेको छ ।
योजना अनुगमन तथा प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले जिल्लाको १५ वटा गाविसका सचिव तथा कोचलाई संयुक्त रुपमा एक एक थान ल्यापटप हस्तान्तरण गर्नुभएको हो । 
सो कार्यक्रममा बोल्दै जिल्ला विकास समिति सप्तरीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी नतिजा ल्याउनेतर्फ सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै जिविसका कार्यक्रम अधिकृत नवराज खड्काले कार्यक्रमले लिएको लक्ष्य हासिल गर्न गाविस सचिव र कार्यक्रमका कोचले समन्वय तथा सहकार्य गर्नुपर्ने बताउनुभयो ।
योजना अनुगमन तथा प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सुनौलो हजार दिन कार्यक्रमका अनुगमन तथा मूल्यांकन विज्ञ अशोक यादव, जिविसका गंगाराम साह, सुनौलो हजार दिन कार्यक्रमका आयोजना संयोजक रमेश यादव, गाविस सचिवहरु केशव झा, संजय राम र राजुकुमार झाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सुनौलो हजार दिन कार्यक्रमका सुपरभाइजर विजय रत्न श्रेष्ठले सो कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट