News Category 2070/05/19

राप्रपा सप्तरीद्वारा उम्मेदवारको नाम सिफारिस

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १८ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले अगामी मंसिर ४ गतेको घोषित संविधानसभाको निर्वाचनका लागि जिल्लाको छ वटै क्षेत्रबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ कैजुम शेख, मानपुर चौधरी, उमाकान्त चौधरी, अकबर शेख र रेणुका चौधरीको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने सो क्षेत्रबाट समानुपातिक तर्फ नन्दलाल यादव, सुभकलाल साहु, रेणु साहको नाम सिफारिस गरेको राप्रपा सप्तरीले जनाएको छ ।
यसैगरी क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ सकिल अली, हरि खंग, बौवालाल साह, रामकिशोर मण्डल र तेजनारायण मण्डलको नाम सिफारिस भएको छ भने सो क्षेत्रबाट समानुपातिकतर्फ ललितादेवी मण्डल, जगन्नाथ मण्डल, पदमलाल मुखियाको नाम सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ महिदेव प्रसाद चौधरी, हरिनारायण यादव, जयप्रकाश मण्डल, राजोदेवी राम र सितादेवी यादवको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने समानुपातिकतर्फ घनश्याम झा, कैलु राम र सत्रुधन रायको नाम सिफारिस गरेको छ ।  
क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ललिता कुमारी यादव र ओपिन्द्र प्रसाद यादवको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ रामनारायण यादव(रामु), रघुनन्दन यादवको नाम सिफारिस भएको छ । 
  यस्तै क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ उम्देश्वर प्रसाद साह, बिन्दीलाल साह, उद्धबलाल साह, चन्द्रदेव सिंह र देवनारायण पाल तथा समानुपातिकतर्फ हरिहर प्रसाद मण्डल, बिरेन्द्र कुमार भगत र सरितादेवी मण्डलको नाम सिफारिस गरेको छ । 
यस्तै क्षेत्र नं ६ मा प्रत्यक्षतर्फ उम्देश्वर प्रसाद साह, छेदी साह, बलराम प्रसाद चौधरी, बिरेन्द्र कुमार यादव र घनश्याम मण्डलको नाम सिफारिस गरेको छ भने सो क्षेत्रबाट समानुपातिक तर्फ राजकुमार साह, प्रेम पासवान र उर्मिलादेवीको नाम सिफारिस गरेको सो पार्टीका जिल्ला कार्यवाहक अध्यष घनश्याम झाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट