परदेशमा श्रीमानको निधनपछि बालबच्चाको भविश्य र वाँकी जिवन भयो अध्यकार

Friday, May 06, 2016
दैनिक समाचारदाता
राजबिराज, २३ बैशाख ।
श्रीमान बिदेश गएपछि अब त सुखको दिन फिर्ला भन्ने आशा थियो । ऋण तिरिएला, बालवच्चा राम्रो सँग पढाउने सिकएला, भन्ने थियो । 
घरको सम्पति ५ धुरमा एउटा फुसको घरवास बाहेक केही नभएको अवस्थालाई घरको कमजोर आर्थिक अवस्था पनि सुर्धान सकिएला यस्तै यस्तै आशा थिए, आशु झार्दै रन्जु देवी मण्डलले भनिन्, “श्रीमान बद्री मण्डलले एक वर्ष अगाडी नै साउदीको एक पेट्रोल पम्पमा काम लागी एक लाख ३० हजार रुपैया ऋण माईतीबाट मागेर जानु भएको थियो ।” 
एक वर्ष नबित्दै गत बैशाख १७ गते शुक्रवार राती अचानक पेट दुख्यो र साथीहरुको सहयोगमा अस्पताल भर्ना भएको केही घण्टामै उनको मृत्यु भयो । यता गाबिस मधवापुर २ स्थित घरमा दुई छोरी र एक छोरा तथा अपांग सुसराको रेखदेख गर्दै घर ब्यवहार पनि धानिरहेका छिन् रन्जु देवी । 
यी सबै जिम्मेवारी पुरा गर्न उनलाई गाह्रो लाग्दैन थियो । साथमा नभए पनि परदेशमा श्रीमान हुनहुन्थ्यो । तर यो मेरा खुशी र आशा लामो समय सम्म टिकन सकेन । साउदीवाटा ४ दिन अगाडी वहाँ संग फोनमा कुरा भएको थियो, अचानक निधन भयो । 
उनले भनिन्, “बिदेश पुगेको वर्ष नबित्दै श्रीमान बाकसमा फर्कनु भयो । म एकलिए वालबच्चा टुहुरा भए, घरमा ससुराको हेरचार घरमा दुई छाकको खाना पु¥याउन गाह्रो भयो ।” 
घरको जिम्मेवारी पनि बोझ भयो, बाकी जिन्दगी पनि बोझ भयो । बाकी जिन्दगी र अभिभारा छोराछोरी पालन पोषणले पिडा झनै थपिएको छ सुनितामाथी । 
उनलाई बालबच्चाको भविश्य र एकलो जिवनको वारेमा सोच्न पनि सकेकी छैनन्, सवल नेपाल, सुचना केन्द्रका साथीहरु सँग रुदै रन्जु देवीले बेदना पोखिन । 
सवल नेपालले सामी परियोजना अन्तर्गत सुरक्षित बैदेशिक रोजगारी क्षेत्रमा सुचना तथा परार्मश र उदारको लागी समन्वयको भुमीका निर्वाह गर्दै आएको छ । 
बद्री मण्डलको घटना सम्वन्धमा जानकारी लिनका मधवापुर पुगेका लागी सवल नेपालका मेडिया पार्टनर टिमले परिवारलाई क्षतिपुर्तिको लागी बढी भन्दा बढी बैदेशिक रोजगार प्रर्वद्धन वोर्ड, पिएनसीसी, तथा नेपाल सरकार संगलाई सहयोगको लागी सिफरिस गर्ने सवल नेपालका कार्यक्रम संयोजक अशोक साहले बताए । 
मृतक मण्डलको लास बिहिवार काठमाडौं एयरपोर्ट हुदै राजबिराज ल्याउने परिवारजनले जानकारी गराएको छ ।