News Category 2073/01/25

चार दिने “जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर” सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ वैशाख । 
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बहादुर विष्टले खेलकुद युवाका लागि मात्र नभएर सम्पूर्ण व्यक्तिका लागि अति आवश्यक रहेको बताउनु भएको छ । 
“जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर” को शुक्रबार उद्घाटन गर्दै सदस्य सचिव विष्टले सप्तरीबाटै जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर एउटा राष्ट्रिय अभियानको रुपमा सुरुवात भएको बताउनु भयो । 
उहाँले खेलकुदले स्वास्थ्य, अनुशासन, राष्ट्रिय एकता, पर्यटन, भाइचार लगायतमा निकै फलदायी हुने विश्वास व्यक्त गर्दै खेलकुदसँगै योग सम्पूर्ण मानिसलाई निरोग राख्नका लागि अहिलेको उत्तम विकल्प समेत रहेको जिकिर गर्नुभयो । 
उहाँले खेलकुद पदकका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि अति आवश्यक रहेकोले सम्पूर्ण पीडिका व्यक्तिहरुले खेलकुदसँगै योग गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । 
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा जिल्ला खेलकुद विकास समिति सप्तरीको संयोजनमा शुक्रबारदेखी चार दिनसम्म सो योग शिविर राजविराजमा सुरु भएको हो । सो योग शिविरमा करिब १ सय ५० जेष्ठ नागरिकहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले जानकारी दिनुभयो ।
योग शिविरमा रामदेव स्वामीका समकालिन डा. शिवराज कार्की मुख्य प्रशिक्षक तथा चार जना अन्य प्रशिक्षकहरुले जेष्ठ नागरिकहरुलाई प्रशिक्षण दिइरहनु भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट