News Category 2070/02/29

महिलाको सहज पहुँचबारे सम्झौता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
सप्तरीमा ‘ग्रामिण स्वास्थ्य सेवामा महिलाको सहज पहुँच अभिबृद्धिका लागि लघुबित्त प्रवद्र्धन कार्यक्रम’ संचालन हुने भएको छ ।
कार्यक्रम संचालन गर्ने राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड र जिल्ला जनस्वास्थ्य कार्यालयबीच मंगलबार सो सम्बन्धमा सम्झौता भएको छ । ग्लोबलका अध्यक्ष सुखराम यादव र वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सप्तरीको सबै एक हजार ३६ वडाका आमा समूहमा लघुबित्त बचत तथा ऋण प्रवद्र्धन सँगै स्वास्थ्य सम्बन्धी छलफल प्रकृयाले स्वयंसेविका एवं सदस्यहरुले आर्थिक, समाजिक, स्वास्थ्य र रोजगारको अवसर यस कार्यक्रमबाट प्राप्त गर्ने विश्वास वरिष्ठ जनस्वास्थ्य अधिकृत झाले व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष सुखराम यादवले कार्यक्रम अन्तर्गत ग्लोबलद्वारा संचालित मुठियाबचत अवधारणामा आमा समूहलाई सरिक गराई स्वरोजगारका माध्यमबाट गरिवी न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट