News Category 2073/01/30

सन् २०३० सम्ममा नेपालबाट बालविवाह उन्मूलन गर्ने लक्ष्य

दैनिक समाचारदाता



दैनिक समाचारदाता
राजविराज, २९ वैशाख । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दान बहादुर कार्कीले सानै उमेरमा हुने गरेको बालविवाहलाई निरुत्साहित गरि समय पुगेपछि मात्र सो विवाह गर्न गराउनका लागि सचेतना आवश्य रहेको बताउनु भएको छ । 
जिल्ला बाल कल्याण समिति सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाको बोदेबर्साइन गाविसमा बुधबार सम्पन्न प्रहरी र संचारकर्मीहरुलाई बालविवाह बिरुद्ध एक दिने कार्यशाला गोष्ठीमा सहजिकरण गर्दै प्रहरी नायव उपरिक्षक कार्कीले सो कुराको जानकारी दिनु भएको हो । 
उहाँले बालविवाह उन्मूलनका लागि प्रहरी र संचारकर्मी र सम्पूर्ण सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने आवश्यकता रहेको बताउँनु भयो । 
त्यस्तै महिला बालबालिका कार्यालयका प्रमुख चन्द्रकला श्रेष्ठले बालविवाह न्युनिकरणका लागि चुनौती र अफठ्याराहरु पनि उत्तिकै रहेकोले जनचेतना फैलाउन सबैको सहयोग आवश्यक रहेको जिकिर गर्नुभयो।  
उहाँले कानुनी प्रावधान र समस्याप्रति जानकारी दिँदै प्रहरी र संचारकर्मीहरु समनव्य गरेर जानुपर्ने कुरामा जोड दिनुभयो । सन् २०१५ देखी बालविवाह उन्मूलनका लागि मुलुकभरि नै अभियान संचालन भइरहेको जानकारी दिँदै प्रमुख श्रेष्ठले सन् २०३० सम्ममा नेपालबाट बालविवाह उन्मूलन गर्ने लक्ष्य रहेको बताउनुभयो ।
सो गोष्ठीमा संचारकर्मी र बोदेबर्साइन क्षेत्र वरिपरिका प्रहरीहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट